काठमाडौं, जेठ १४। राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीको कैद मिनाह गरेकी हुन् । मन्त्रिपरिषद्ले २०७९ जेठ १५ गते कैद […]