नेपाल उद्योग वाणिज्य
महासंघका सभापति अम्बिका पौडेलले शेयर बजार घटेकोले आन्दोलन नगरिएको बताएका छन् ।
पुँजीबजार सुधारको गठित संघर्ष समितिले माइतीघरमा आयोजना गरेको विरोध प्रदर्शनमा
आफ्नो भनाई राख्दै अहिले राखिएका मागहरु नेप्से सूचक ३२ हुँदापनि राखेको, १८०० हुँदा पनि राखेको
११०० हुँदा पनि राखेको र २९० हुँदा पनि राखेकोले बजार घटेकोले आन्दोलन नगरेको
बताएका हुन् ।लगानीकर्ताहरुले
सिस्टम बसाल्नको लागि आन्दोलन गरेको उनले बताए । रिति नबसेकोले रिट बसाल्नको लागि
आन्दोलन गरिएको र आन्दोलनमा कुनै नयाँ माग नभई सरकारले गर्छु भनेका काम गर् भन्नको
लागि दबाब दिएको उनले बताए । सरकारले गर्छु भनेको कामहरु कार्यन्वयन नभएकोले ति
कार्यन्वयन गराउनलागि उनले फेरि आन्दोलन गर्नु परेको बताए । ५८ बुँदे कार्यन्वयन
नभएकै कारणले पुँजीबजार दिनप्रतिदिन धरासायी भएको उनले बताए । उनले
आन्दोलन गर्नु बिडम्बना भएको र आन्दोलन गर्नु पर्दा लाज
लाग्ने बताए । उनले विश्वमा कहिँपनि लगानीकर्ताले आन्दोलन गर्नु नपरेको र
पुँजीबजारका लगानीकर्ताले यो खालको शंघर्ष नेपालमा मात्र गर्नु परेको बताए । उनले
नीतिमा स्थिरता ल्याईदेउ, आफुले
गर्छु भनेका कुराहरु गर भनेर मात्र आन्दोलन गरेको बताए । सजिल्यै गर्न सकिने काम
पनि नभएको उनले बताए । सिस्टममा प्रब्लम
आएको, टिएमएसमा समस्या रहेको,
बैंकलाई ब्रोकर लाइसेन्स लगायत लगायतका विषय पटक पटक ध्यानाकर्षण गराउदा पनि काम नभएको
उनले बताए ।
उनले
आफुहरुले सरकारलाई राजश्व बढ्ने सुझाव नै दिएको बताए ।उनले कुनै व्यक्तिले आफ्नो धितो राखेर
कर्जा लिन्छु भन्दा पनि कर्जा नपाउने दुनियाँमा कहिँ पनि नहुने बताए । आफ्नो सम्पति धितो राखेर ऋण लिन पाउने, ब्यापार व्यवसाय गर्न पाउने , यी कुरा व्यक्तिगत स्वतन्त्रताको
विषय भएको उनले बताए । सबै क्षेत्रका लगानीकर्ताले यो गर्न पाउने अनि पुँजीबजारका
लगानीकर्ता किन नपाउने भन्दै उनले प्रश्न गरे । उनले मौद्रिक
नीति मार्फत पुँजीबजारलाई कतै पनि नचलाउन आग्रह गरे ।
उनले भने ‘राष्ट्र बैंकबाट मौद्रिक नितिमा
कहिँ पनि पुँजीबजारलाई नचलाईयोस्’ । उनले जे जे नीति ल्याउन छ एकै पटक ल्याउन
आग्रह गरे । उनले ४/१२ को नियम दुनियाँमा कहिँ कतै पनि नभएको बताए । ठूलो ठूलो ऋण गएको अवस्थामा ४/१२ आउँदा प्यानिक सप्लाई आएको जुन साना लगानीकर्ताले थाम्न सक्ने
विषय नभएको उनले बताए । उनले फुटबल उदाहरण दिदै भने ‘विश्वभर फुटबलका खेलाडी
छन् , तर इम्याजिन गर्नुस् त् मेस्सी, नेमार जस्ता खेलाडी फुटबलमा थिएनन् भने फुटबलले यति व्यावसायिकता
पाउथ्यो होला र ? हामीले भन्छौ ८/१० जनाले लोन लिएका रहेछन्, तिनीहरु नभए केहि पनि
हुदैन, तर विचार गर्नुस् त् विश्वका टप टप प्लेयरलाई फुटबलबाट निकाल्दिम त्, नेपालका फुटबलका टप टप प्लेयरलाई निकाल्दिम ,
अनि त्यो फुटबल पेशा हुन्छ कि के हुन्छ ? त्यसमा ब्यबसायीकता रहदैन । ‘टप प्लेयरलाई निकालेर अरुले खेलीहाल्छन् भन्नु गलत भए जस्तै
सोहि नियम आर्थिक क्षेत्रमा पनि लागु हुने उनले बताए । उनले विश्वमा अरबपति , खरबपतिको
संख्या कम भए पनि तिनीहरुलाई सकाएर सबैलाई समान बनाउछु भन्ने नीतिले काम नगर्ने
उनले बताए । सबैलाई स्वतन्त्र रुपमा खेल्न दिनु पर्न उनले बताए । उनले भने ‘मेस्सीलाई
पनि खेल्न दिनु पर्छ,
मेस्सीले बढी गोल हान्छ भनेर उसको खुट्टा बाधेर खेल राम्रो सँग हुन्छ भन्न मिल्दैन’
।
उनले पुँजीबजारमा पनि त्यहि हुने बताए । यदि कसैले नियम भन्दा बाहिर गएर
खेलेको छ भने कारवाही हुनु पर्ने तर खेल्न नै बन्देज लगाउन नहुने उनले बताए ।
यस्तै कुराको विरुद्दमा आन्दोलन गर्नु परेको उनले बताए ।