सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा संविधानविद्हरूसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संवैधानिक अस्पष्टताबारे संविधानविद्सँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।
स्थानीय तहको कार्यकालबारे संविधान र ऐनमा फरक व्यवस्था भएकाले निर्वाचन आयोग र संविधानविद्सँग छलफल गर्ने निर्णय भएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । संविधानमा जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था रहेको तर कानूनमा कार्यकाल सकिनुअगावै ...