रुकुम पूर्व – कोरोना भाइरस सङ्क्रमणकाे महामारीबाट विद्यार्थी र अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका शिक्षक एक भएर लागिपरेका छन् ।
जिल्लाभरका सबै शिक्षक एक दिन बराबरको तलब तथा भत्ता सङ्कलन गरेर आवश्यक स्वास्थ्य सामग्री खरिद गरी फिल्डमा नै खटिएको शिक्षक महासङ्घ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ–आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो ।
कोभ...