टेलिग्राफले लेख्योः बेलायतले खोप दिने विषयमा नेपाललाई जवाफ दिएन

काठमाडौं। बेलायती अखबार द टेलिग्राफले कोरोना संक्रमणका कारण इराक र फकल्याण्ड टापुमा युद्ध लड्नेसहित ६३ जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु नेपालको दुर्गम गाउँमा भएको जनाएको छ। यति धेरैको मृत्यु हुँदा पनि बेलायत सरकारले कोरोना विरुद्धको खोप दिने विषयमा नेपाललाई जवाफ नदिएको आरोप लगाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही साताअघि बेलायती महारानीलाई पत्र लेख्दै कोरोना खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।

सम्बन्धित सामग्री

‘अघिल्लो र यो सरकारमा खास अन्तर छैन’

सेवा दिने, शासन प्रणाली चुस्तदुरुस्त पार्ने विषयमा अघिल्लो र अहिलेको सरकारमा खास अन्तर छैन । प्रवृत्तिगत र सुधारका हिसाबले यो सरकारले विछट्टै नयाँ लय ल्यायो भन्ने अवस्था रहेन ।

लकडाउन र अतिरिक्त मात्रा खोपको विषयमा के छलफल भयो ? फेरि लकडाउन लाग्ला?

झन्डै एक हजार जनालाई एकै दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको दिन प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिममा रहेका व्यक्तिहरूका लागि तेस्रो मात्रा खोप दिन निर्देशन दिएका छन्।कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले निश्चित समूहहरूलाई माघको पहिलो साताबाट अतिरिक्त मात्रा खोप दिने प्रक्रिया अघि बढाएको बताएका थिए।यसअघि यसै सातादेखि अतिरिक्त मात्रा दिने अभियान भनेर तय गरिएको कार्यक्रमलाई मन्त्रालयले रद्द गरेको थियो।निर्देशक समितिको बैठकपछिल्लो २४ घण्टामा करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ वटा नयाँ सङ्क्रमण पुष्टि भएका खबरमाझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो।त्यसअघि शुक्रवार अपराह्न मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको बताएका थिए।सीसीएमसीसीको बैठकमा सङ्क्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन्।सीसीएमसीसी प्रवक्ता सहसचिव सुनिता नेपाल भन्छिन्, 'छलफलमा 'हामीसँग खोप यथेष्ट मात्रामा छ, सकेसम्म हामीले खोप सबैलाई लगाइदिन सक्यौँ भने सङ्क्रमण फैलिनै हाल्यो भने पनि त्यसको असर कम हुने अन्य देशहरूमा पनि देखिएको छ' भनेर विज्ञहरूले कुरा राख्नुभएको थियो।'प्रधानमन्त्रीका तीन निर्देशनउक्त बैठकमा प्रधानमन्त्री देउवाले पनि यो महिनाभित्र लक्षित जनसङ्ख्याको दुईतिहाइलाई खोप दिने सरकारको लक्ष्य प्राप्तिका लागि अझ सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए।स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको प्रवक्ता नेपालले बताइन्।सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने प्रधानमन्त्रीको पहिलो निर्देशन रहेको उनले बताइन्।प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए।त्यसक्रममा उनले निश्चित समूहमा पर्ने व्यक्तिहरूलाई तेस्रो मात्रा खोपको व्यवस्थापन गरी छिटोभन्दा छिटो अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका थिए।प्रवक्ता नेपालले थपिन्, 'स्वास्थ्य मन्त्रालयको तर्फबाट उहाँहरूले हामी माघको पहिलो हप्ताबाट सुरु गर्न सक्छौँ भन्नुभएको छ।'बिहीवार अपराह्नसम्मको आँकडामा नेपालमा कुल जनसङ्ख्याको लगभग ३६.२ प्रतिशतले पूर्ण मात्रा र ४९.१ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।पुस मसान्तसम्म १८ वर्षभन्दा माथिको उमेर समूहका दुईतिहाइलाई खोप लगाइसक्ने लक्ष्य गण्डकी र बाग्मती प्रदेशले मात्रै प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले सीसीएमसीसी बैठकमा खोप अभियानलाई अझ व्यापक बनाउन सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने धारणा राखेका थिए।आफ्नो तेस्रो निर्देशनमा प्रधानमन्त्री देउवाले भविष्यमा कोभिड-१९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्नेमा जोड दिएका थिए।त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न सुझाव दिएका थिए।यसअघि यसै वर्षको सुरुमा देखिएको कोभिड-१९ को लहरसँग जुझ्न नेपालले अक्सिजन र आईसीयू सहितका जीवनरक्षक स्वास्थ्य सहयोग प्रणालीहरूको अभाव खेपेको थियो।के फेरि लकडाउन लाग्ला?नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर वृद्धि हुनसक्ने सङ्केतका माझ प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठक हप्तामा एकपटक राखेर स्थितिको समीक्षा गर्नेबारे शुक्रवार छलफल भएको अधिकारीहरू बताउँछन्।लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन।तर प्रवक्ता नेपालले विभिन्न सम्भावित कदमहरूबारे शुक्रवारको बैठकमा छलफल भएको बताइन्।उनले भनिन्, 'हामीले दोस्रो लहर चल्दा पनि लकडाउन अपनायौँ। आफ्नो अवस्था कस्तो छ त्यो अनुसार नै जिल्लाहरूले अभ्यास गर्नुभयो। त्यस्तै अभ्यास अघि बढ्न सक्छ। यो निर्णयमा पनि आउन सक्ला तर अहिले नै मैले भन्न सकिन।'सीसीएमसीसीले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको उल्लेख गर्दै तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न विगतमा सुझाव दिइएको उनले उल्लेख गरिन्।'अहिले हामी आफैँले पनि अनुशासित हुनुपर्ने अवस्था देखिएको छ।'

चीन सरकारले थप १० लाख मात्रा खोप दिने

काठमाडौँ। चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा हिजो (बुधबार) स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो । छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान […]

परीक्षार्थीलाई खोप दिने सरकारकाे निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। परीक्षार्थीलाई खोप दिने विषयमा बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय भएको हो। मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्र दिन मातहतका निकायलाई निर्देशन दिएको छ।काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी,

सहकारीका कर्मचारी खोप दिने व्यवस्था गर्ने गृहमन्त्रीको भनाइ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

जापानले १६ लाख डोज एस्ट्रेजेनेका खोप दिने

जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई १६ लाख डोज एस्ट्रेजेनेका खोप उपलब्ध गराउने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै जापानी परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले औपचारिक रुपमा सो घोषणा गरेका हुन् । नेपालले उक्त खोप कहिले प्राप्त गर्छ भन्ने विषयमा भने अहिले टुंगो लागिसकेको छैन ।

सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने

एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।

थप कोभिड खोप आएपछि मात्र ५५ वर्ष माथिकालाई अभियान संचालन गरिने

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप कार्यक्रमको विषयमा जानकारी दिँदै सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएको बताए।

कोभिड-१९ खोप 'कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन?' - BBC News नेपाली

नेपालमा सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई पनि कोभिड-१९ विरुद्धको खोप दिने तयारी गरिरहेको छ। तर बढी उमेर भएका र कुनै किसिमको रोगको औषधि प्रयोग गरिरहेका मानिसले खोप लगाउन मिल्ने हो वा होइन भन्ने विषयमा भने धेरैमा संशय देखिन्छ।

चीनले ५ लाख कोभिड खोप दिने

चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।