५० लाख जरिवाना  र कैद तोकिएका अभियुक्त पक्राउ

   साउन २७, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।             अर्घाखाँची घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ बस्ने ३५ वर्षीय काशीराम भुसाललाई बुधवार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बताएको छ ।           पर्याप्त मौज्दात रकम नभएको खाताबाट पीडितलाई चेक दिएको घटनामा उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।  ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले अभियुक्तलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए । 

सम्बन्धित सामग्री

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

धनगढी- कैलालीमा चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेको प्रहरीले जनाएको छ। दुबै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। उनीहरू सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई […]

एक दिन कैद सजाय ताेकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा १ दिन कैद सजाय र २ लाख रुपैँया जरिवाना तोकिए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन्।...

बालयौन दुरुपयोग आरोपमा ५१ वर्षीय फरार अभियुक्त पक्राउ

बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् ।भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।उनलाई जिल्लाकै सूर्यविन

बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ

भक्तपुर– बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।  जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने […]

लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार ४५ जना पुरुष  र १५ जना महिलालाई पक्राउ गरेका छन् । उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन् । गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३ सय ५० रुपैयाँ जरिवाना रकम थियो । अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फ

६ महिनामा ११ सय ६८ फरार अभियुक्त पक्राउ

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा ११ सय ६८ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरू साउनदेखि...

प्रदेश १ बाट ६ महिनामा ११ सय बढी फरार अभियुक्त पक्राउ

चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा एक हजार १६८ फरार अभियुक्त पक्राउ परेका छन्। प्रदेश १ का विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि फरार रहेका...

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बाँके– बाँकेमा सवारी ज्यान मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । खत्रीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष २ महिना ६ दिन कैद र दुई हजारको जरिवाना तोकको थियो । फरार रहेका उनलाई […]

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा : बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका-५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कैद र सात लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रूपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाइएको थियो।फैसला सुनाएदेखि फरार कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको डिए

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।