माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख !

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् । राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवाद

सम्बन्धित सामग्री

‘नेक्सन ईभी डार्क एडिशन’को मासिक किस्ता ४० हजार

काठमाडौं । टाट मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभीको डार्क एडिशनको आधिकारीक बुकिङ खुल्ला गरेको छ । कम्पनीले डर्क एडिशनको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । टाटा नेक्सन ईभी अहिले नेपालको सर्वाधिक चल्तीको मोडल हो । उच्च ग्राउन्ड क्लियरेन्स, आकर्षक डिजाइन र ठिकठाकको रेन्ज पाउन सकिने […]

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशक, यस्तो छ मासिक किस्ता

काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आफ्नो नयाँ एसयूभी कुशक किन्न ग्राहकलाई १० लाख डाउन पेमेन्टमा गाडी दिने योजना अगाडि ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा न्यूनतम ३० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । अहिले स्कोडा कुशक तीन म्यानुयल र तीन अटोमेटीक भेरियन्टमा विक्री हुँदै आएको छ । कम्पनीले म्यानुयल एक्टीभ […]

पहिलो चरणमा ९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, मासिक २ लाख तलव पाउने

नेपालबाट पहिलो चरणमा  ९९ जना श्रमिक इजरायल प्रस्थान गरेका छन्  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेका छन् । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।  पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरेका छन्। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरेका छन् । ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

माधब नेपालको पार्टीको कार्यालय उद्घाटन, कति छ मासिक भाडा ?

माधब कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । अध्यक्ष नेपालले शुक्रबार बिहान मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।कति छ भाडा ? पूजा थापा बस्नेतको घरमा माधब नेपालले पार्टीको केन्द्रीय कार्यालय राखेका छन् । नेता जगन्नाथ खतिवडाका अनुसार मासिक ३ लाख २५ हजार रुपैयाँ भाडामा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याईएको हो । १५ वटा कोठाहरु भएको उक्त घर भुइँतलासहित चार तले छ ।

गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

प्रदेश प्रमुखलाई तलब र अतिथि सत्कारका लागि मासिक १ लाख ४ हजार

सरकारले प्रदेश प्रमुखलाई प्रतिमहिना तलब र अतिथि सत्कारका लागि १ लाख ४ हजार उपलब्ध गराउने भएको छ। नेपालको संविधान अनुसार प्रत्येक प्रदेशमा मन्त्रिपरिषद्को सिफारिसमा एक एक जना प्रदेश प्रमुख रहनेछन्। सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरिरहँदा प्रदेश प्रमुखको सेवा सुविधा तोकेर विधेयक संसदमा दर्ता गराएको हो। प्रदेश प्रमुखले मासिक तलब ६४ हजार पाउनेछन् भने अतिथि सत्कारका…