टिभीएसले ल्यायो 'आयो, पायो, पर्यो, सोर्यो' योजना, बाइक नकिने पनि ५० हजार जित्ने अवसर

जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा 'आयो पायो पर्यो सोर्यो' नामक नयाँ योजना ल्याएको छ। यस योजना अन्तर्गत किने पनि नकिने पनि टिभीएस नेपालको सोसियल मिडियामा भाग लिएर हरेक हप्ता रु ५०,००० जित्ने मौका पाइने कम्पनीले जनाएको छ ।त्यस्तै किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर रु ५०,००० सम्म जित्न पाउने अनि नेपाल भरी टिभीएसको कुनै पनि बिक्रेताबाट टिभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टिभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले Apache RR310 जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै हरेक खरिदमा ग्राहकले शुन्य प्रतिशत अनि एक्सचेन्जमा मासिक रकम रु. ५,९९९ तिरेर टिभीएस चढेर जान पाउने कम्पनीले उल्लेख गरेको छ । टिभीएस ले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ । टिभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टी  साथै बिक्री पछि जेन्युन पार्ट्सको सुविधा दिँने गरेको छ। नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीइओ दीपक अग्रवालले टिभीएस लाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टिभीएसको बजारमा माग बढेको हुनाले खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टिभीएसले बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य रहेको बताएका छन् | जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।