कुनै पनि काम सानो र छुद्र हुँदैन भन्छिन् २२ वर्षीया लोजी बेहेरा ।
उनले भारतको उडिसा राज्यमा इन्जिनीयरिङको डिप्लोमा लिएकी छन् । उनले कलेजको फी तिर्नका लागि सरकारको रोजगारी स्किम अनुसार मजदूरमा नाम लेखाएकी छन् ।
लोजी गरीब दलित परिवारमा जन्मेकी हुन् । उनले पुरीमा रहेको देलाङमा रहेको एक निर्माण स्थलमा २० दिनसम्म काम गरेकी थिइन् । दिनको भारु २०७ उनले कमाएकी थिइन् । कलेजको फीस तिरेर डिप्लोमा प्रमाणपत्र हात पार्ने उनको योजना छ ।
भुवनेश्वरमा रहेको एक निजी कलेजकी विद्यार्थी लोजीले माटो भरिएको भाँड...