धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज साेमवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।’
एमाले सरकारमा जानका लागि नभइ देशलाई बरबादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने...