काठमाडौँ : सरकारले गीत–सङ्गीतमार्फत राष्ट्रलाई पुर्याएको योगदानको कदरस्वरूप स्व जेबी टुहुरे (जुठबहादुर टुहुरे, खङ्गी)लाई जनगायक उपाधि प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।साउन ३० र भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै मन्त्री शर्माले काठमाडौँ–तराई/मधेस दु्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने निर्णय भएको