काठमाण्डौ - सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमालेभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।
फैसलाको ५ दिनपछि हिजो बैठक राखेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरुको पद खारेज गरिदिनुभएको छ । खारेजीसँगै उहाँले केही केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ ।
माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई केन्द्रीय कमिटीको जिम्मेवारी तोक्नुभएको छ ।
माधवकुमार नेपाल र झलनाथ खनाल समूहको अनुप...