गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकामा ६१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९६ महिला र ३२० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । बुधबार प्रदेशमा ५०० जनामा संक्रमण देखिएको थियो भने मृतकको संख्या ४ रहेको थियो । तर, बिहिबार प्रदेशमा ११६ जना बढीमा संक्रमण देखिएको छ भने मृत्युको संख्या ४ बाट बृद्धि भएर ९ पुगेको छ ।प्रदेशका १० जिल्लामा गरिएको