काठमाण्डाै – रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाण्डौ महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको स...