पछिल्लो समय नेपाली राजनीतिमा इमान, जमान र नैतिकताको खडेरी पर्न थालेको छ । सिंहदरबारमा माओवादी नेता बादल, टोपबहादुर लगायतले मन्त्री पदका लागि पार्टी फेरेर अनैतिक राजनीतिको शुरुवात गरे ।कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसदहरुले अर्को अनैतिकता प्रस्तुत गरे । यही सिलसिलालाई निरन्तरता दिँदै सोमबार लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री पद पड्काएर अर्को कीर्तिमानी खडा गरे ।लुम्बिनी प्रदेशमा देखिएको जसपाको नौटंकीको असर