उनी कहिले आमा बनेर देखिन्छिन् त कहिले छोरी । अनि कहिले आधुनिक युवती त कहिले गाउँले भेषभूषामा । गाडी, रेस्टुरेन्टदेखि, थुप्रै ब्रान्डका विज्ञापन गरिसकेकी उनी घरबेटीदेखि डेरावाला सबै भूमिकामा आफूलाई खरो उतार्छिन् । कथाको भावअनुसार विभिन्न पात्र/चरित्रमार्फत विज्ञापन गर्नु टिकटकर इस्टु कार्कीको दिनचर्या नै हो ।