वालिङ – स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन्। काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदैगरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं […]
बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ।
दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा…
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज आइतवार बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
दोरम्बाबाट काठमाण्डाैका लागि छुटेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दशैँकाे टीका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिनुभयो ।
बसमा झन्डै ३० यात्रु थिए । घाइते सबैलाई प्...
पाकिस्तानकाे दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक बस पल्टिँदा पाँच जनाको मृत्यु भएकाे छ। यसका साथै अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी सहर पेशावरबाट दक्षिणी बन्दरगाह सहर कराँचीतर्फ गइरहेको थियो। घाइते अधिकांश यात्री सिन्धका विभिन्न सहर र पूर्वी पञ्जाब […]
काठमाडौँ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा […]
काठमाण्डाै - सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा बस र ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
१६ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं.को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ९ […]