पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँचको मृत्यु, तेह्रजना घाइते

पाकिस्तानकाे दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक बस पल्टिँदा पाँच जनाको मृत्यु भएकाे छ। यसका साथै अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी सहर पेशावरबाट दक्षिणी बन्दरगाह सहर कराँचीतर्फ गइरहेको थियो। घाइते अधिकांश यात्री सिन्धका विभिन्न सहर र पूर्वी पञ्जाब […]