नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि पहिला गठबन्धनभित्रै एकता गर्न चुनौती दिए । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने दाबी गरे । पाँच दलीय गठबन्धनमा सहमति जुट्न नसकेकै कारण अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको उनको भनाइ थियो ।ओलीले सरकारलाई राष्ट्रसंघमा सहभागी हुनुपर्छ भनेर प