पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ–जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो । पहिरो