सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई

काठमाडौं । सडक विभागको महानिर्देशकको जिम्मेवारी शिवहरी सापकोटालाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकको जिम्मेवारी प्राविधिक तर्फका सहसचिव शिवहरि सापकोटालाई दिएको हो । सापकोटाले सोमबार नै महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । सापकोटा यस अघि विभागको उपमहानिर्देशक एवम प्रवक्ताको जिम्मेवारीमा थिए । १० महिना अघि मात्रै सापकोटा विभागबाट मन्त्रालयमा तानिएका […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभागको महानिर्देशकमा उमाकान्त आचार्य

काठमाडौँ । वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् । आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । उक्त पद रिक्त राखेर आचार्यलाई सरुवा गरिएको हो । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका […]

वैदेशिक रोजगार विभागको महानिर्देशकमा पौडेल

काठमाडौँ। वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई दिएका हुन् । करिब ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएका दीपक काफ्ले मन्त्रालय तानिएका छन् । भूमि व्यवस्थापन विभागको महानिर्देशकका रहेका […]

मिश्रले सम्हाले गुणस्तर विभागको जिम्मेवारी

नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक दिनानाथ मिश्रले पदभार सम्हालेका छन् । विभागमै रहेर उप महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका मिश्रले आजदेखि महानिर्देशकको पदभार सम्हालेका हुन् ।सरकारले विभागका निवर्तमान महानिर्देशक विश्वबाबु पुडासैनीलाई बागमती प्रदेशमा सुरुवा गरेको थियो विगत ९ वर्षदेखि विभागको जिम्मेवारीमा रहेका उनी गत महिना प्रदेशतर्फ सरुवा भएका थिए ।  उनको सरुवा भएलगत्तै मिश्रलाई जिम्मेवारी दिइएको थियो । तत्कालीन उपमहानिर्देशक मिश्रलाई बढुवा गरेर सरकारले महानिर्देशकको जिम्

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

महरा प्रचण्डका मुख्य विश्वासपात्र, माओवादीको दुईवटा विभागको जिम्मेवारी

काठमाडौं, ४ कात्तिक । नेकपा माओवादी केन्द्रमा ३२ वटा विभागको जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् । पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका हुन् । महराले प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी पाएका हुन् । दुवै विभाग महत्वपूर्ण मानिन्छ । माओवादी प्रवक्ता समेत […]

झलनाथ खनाललाई एसमा विदेश विभागको जिम्मेवारी

काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन् । उनलाई सम्मानित नेतासहित उक्त विभागको जिम्मेवारी दिइएको हो । राजनीतिक दलहरुभित्र विदेश विभाग निकै महत्वपूर्ण मानिन्छ । विगतमा नेकपा एमाले हुँदा माधवकुमार नेपाल उक्त जिम्मेवारीमा थिए । नेकपा एस बनेपछि खनालले उक्त जिम्मेवारी पाएका छन् । खनाल एमालेमा […]

माओवादीले दियो नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई  अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो । यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ढकाललाई  मंगलबार विभागको महानिर्देशको जिम्मेवारी दिने निर्णय गरेका हुन्।

खानेपानी विभागको महानिर्देशकमा खत्री

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख रहीसकेका छन् ।