सोलुखुम्बु । स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सय भन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । गत वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा भाग लिएका ८ सय ७ उम्मेदवार मध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रिदा समेत निर्वाचन खर्च विवरण नबुझाउने ४ सय ३१ जना उम्मेदवारविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । […]