चार दिनदेखि बेपत्ता भएका तुलसीपुरका ६ बालिका पोखरामा रहेको अनुमान

दाङको तुलसीपुरका ६ जना १४ वर्षीया दलित बालिकाहरू पोखरामा रहेको खुल्न आएको छ। चारदिनदेखि सम्पर्कविहिन बालिकामध्ये केहीले सामाजिक सञ्जालमार्फत आफूहरू पोखराको होटलमा रहेको अवगत गराएको अभिभावकले प्रहरीलाई जानकारी दिएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी ६ दलित बालिका सम्पर्कविहिन भएपछि उनीहरूका अभिभावक मंगलबार प्रहरीमा पुगेर खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका थिए। इलाका…

सम्बन्धित सामग्री

पोखराको भवन मापदण्डः ५ तलामाथिका घरलाई के गर्ने ?

पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनेको अनुमान पोखरा महानगरकै छ। १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरकै कर्मचारी बताउँछन्।...

पाेखरामा ६ अर्ब रुपैयाँमा पाँचतारे हाेटल, आईपीओ जारी गर्ने

काठमाण्डाै – पोखरामा छ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको पाँचतारे होटल बाराही सेदीले आईपीओ जारी गर्ने भएको छ । पोखराको सेदीमा बाराही समूहले निर्माण गरिरहेको होटलको ४६ प्रतिशत काम सम्पन्न भएको छ ।छ अर्ब रुपैयाँ लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत शेयर बाराही समूहको रहेको छ बाँकी ४९ प्रतिशतमध्ये १० प्रतिशत आईपीओमा जाने योजना छ भने ३९ प्रतिशत प्रमोटर शेयर सङ्कलन भइरहेको बाराही समूहका निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । बाराही सेदी लिमिटेडले गएकाे मङ्सिरदेखि न्यूनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लि...

गोलभेंडाः काठमाडौंमा १० रुपैयाँमा बिक्दैन, पोखरामा किलोको ७०

राजधानी काठमाडौंमा आइतबार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकियो। किसानले झन्डै चारलाख किलो गोलभेंडा सडकमा फालेको अनुमान छ। प्रतिकिलो १० रुपैयाँमा पनि बिक्री नभएको भन्दै आक्रोशित किसानले राजधानीका सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यही गोलभेंडाक...

पोखरा विमान दुर्घटना : ‘टर्निङ’ मा समस्या हुँदा विमान खसेको अनुमान

काठमाण्डाै - ६८ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ । बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो । भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनाम...

पोखरामा नयाँ सम्मेलन केन्द्र बन्ने, १ अर्ब ६१ करोड लाग्ने अनुमान

पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन ।प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ । पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया

चार दशकपछि पोखरामा राष्ट्रिय खेलकुद: साठी करोड खर्चको अनुमान, यस्तो छ इतिहास

काठमाडौँ: आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। यसअघि २०४० चैत…

पोखरामा असिनापानीले ११ कोरोडभन्दा बढी क्षतिको अनुमान

फागुन ११, कास्की । पोखरा क्षेत्रमा आइतवार दिउँसो परेको असिनापानीले ११ कोरोडभन्दा बढीको क्षति पुर्‍याएको छ । हावाहुरीसहित अकस्मात परेको बाक्लो असिनापानीले कृषकहरुले लगाएको तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट गरेको छ भने केही पशुपंछी समेत मरेका छन् ।  असिनापानीका कारण पोखरामा करीब ११ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । पोखराका वडा नम्बर ३, ९, ११, १२, १३, १४ र १८ मा बढी क्षति पुगेको उनको भनाइ छ । असिनापानीले तोरी, गहुँ, फापर, घाँस, विभिन्न जातका फलफूल, काउली, साग, आलु, घिरौला, काँक्रो, प्याज, लसुन लगायतमा क्षति पुगेको छ ।  कडारियाले कृषकहरुले पशुपन्छि र कृषि फर्महरुको बीमा नगरेका कारण आर्थिक नोक्सानी ब्यहोर्नु परेको बताए ।  असिनाका कारण पोखरा–११ मा फलमान गुरुङको ‘उदय अर्गानिक कृषि फार्म’का २ ओटा भैँसी मरेका छन् । भैँसीका लागि बनाइएको गोठको छानोमा असिना थुप्रिरएर छाना खसेर किच्दा २ ओटा भैँसी मरेका छन् ।  पोखरा-११ का अर्का कृषक मेकबहादुर गुरुङले सञ्चालन गर्दै आएको ‘दीपगंगा कृषि फार्म’ असिनापानीले भत्किदा २ ओटा भैँसी घाइते भएका छन् । नर्सरी र कृषि गरी फार्ममा करीब १५ लाखको क्षति पुगेको गुरुङले बताए । त्यसैगरी कृषकहरुले तरकारी खेतीका लागि निर्माण गरेका टनेलहरु भत्किएर ठूलो संख्यामा क्षति पुगेको छ ।  केहरमान गुरुङले पोखरा–११ मा सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीको ४ रोपनी क्षेत्रफलको टनेल भाँचिदा २० लाख रुपैयाँको क्षति पुगेको बताए ।  असिनाले किसानले लगाएको हिउँदे तरकारी बालिका साथै नगदेबाली काउली, आलु, साग, तोरी लगायतमा ठूलो क्षति पुर्‍याएको विरौटाकी सरिता केसीले बताइन् । उनले भनिन्, ‘असिनापानीका कारण ठूलो क्षति भएपछि किसानहरु मर्कामा परेका छन् । कृषकलाई सरकारले समयमै उचित राहतको व्यवस्था गर्नु पर्छ । बिउबिजन र मलजलमा राहतको व्यवस्था गर्नुपर्छ ।’ पोखरा क्षेत्रमा २ हजार १८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३२० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले असिना पानीले पोखराको सडक समेत लामो समयसम्म अवरुद्ध भएको थियो ।  पोखराको न्यूरोड, चिप्लेढुंगा, नदिपुर, फुलबारी, बगर, पृथ्बीचोक, विरौटा, अमरसिंह चेक लगायतका ठाउँहरुमा बाक्लो असिना जमेकाले सवारीका साधनहरु रोकिएका थिए । महेन्द्रपुलका सडकमा असिनाको खात लागेकाले जोडर नै प्रयोग गरेर सडक खुलाइएको थियो ।

पोखरामा जब जहाजबाट धुवाँको मुस्लो निस्क्यो …

पोखरा । पोखरा विमानस्थलबाट बुधबार दिउँसो अचानक धुवाँको मुस्लो निस्किएपछि वरपरका मानिसहरु अत्तालिए । विमानस्थलभित्र ठूलै दुर्घटना भएको अनुमान लगाए । रन–वे छेउमा सेतो रंगको जहाज छेउबाट धुँवाको मुस्लो देखियो । त्यसपछि केहीले बरुणयन्त्रमा त केहीले प्रहरीमा खबर गरे । लगत्तै साइरन बजाउँदै दमकल दुर्घटनास्थलतर्फ दौडन थाले । केहीको मृत्यु भएको र केही घाइते भएको […] The post पोखरामा जब जहाजबाट धुवाँको मुस्लो निस्क्यो … appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ । गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उहाँले बताउनुभयो । पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावन...