पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ । गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उहाँले बताउनुभयो । पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावन...