जनता समाजवादी पार्टी (जसपा) मा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले निर्णय सुनाएपछि उपेन्द्र यादव पक्ष रुष्ट बनेको छ । महन्थ ठाकुर पक्षले भने अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने भन्दै अलमलमा परेको छ ।एक–अर्कालाई कारवाही गरेका पत्र निर्वाचन आयोगमा पठाएर दर्ता किताव अद्यावधिक गर्न माग गरेका जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।दुवैतर्फबाट परेका निवेदनमाथि फैसला गर्दै आ