अध्ययन, अनुसन्धान र प्रतिवेदन बनाउने नाममा आउने सहयोग नेपालले स्वीकार्दैनः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशसरण महतले जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने र प्रतिवेदनहरु बनाउने नाममा आउने सहयोग स्वीकार नगर्ने बताएका छन्।...
काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन अपुरो भएको दाबी गरेका छन्। समितिका सदस्यसमेत रहेका ज्ञवालीले अनुसन्धानको अंग पूरा नभई बहुमतको आधारमा प्रतिवेदन बनाएको आरोप लगाएका हुन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘अर्थ मन्त्रालयमा अर्थसचिवको रूपमा कोही जान मानिरहेका छैनन्। राजस्व सचिवलाई नै अर्थसचिवको जिम्मेवारी दिइएको छ। कुनै बेला त्यहाँ सचिवहरु जान हानथाप हुन्थ्यो तर सरकारको गतिविधि
काठमाडौँ – एमाले उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग ज्ञवालीले सत्ता पक्षका सांसद समितिले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए। ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट […]
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...
काठमाडौँ – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले सभामुख अग्निप्रसाद सापकोट समक्ष प्रतिवेदन बुझाएको छ। असार २२ गठित छानबिन समितिले १७ दिन अध्ययन अनुसन्धान गरेपछि शुक्रबार प्रतिवेदन बुझाएको हो। सभामुखलाई प्रतिवेदन बुझाएसँगै जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले संसदमा पेश गरको छन्। छानबिन समितिले करका दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले बाह्य व्यक्तिलाई अर्थ मन्त्रालयमा […]
काठमाण्डाै - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन लेख्ने तयारी गरेको छ ।
प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर गरिएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेजबाट पनि यकिन तथ्य थाहा हुन नसकेपछि समितिले थप अनुसन्धान नगरि प्रतिवेदन लेख्न लागेको हो । समितिका सदस्यहरुबीच मत नमिल्दा कल डिटेल अध्ययन र लोकेसन ट्र्याक नगरिने भएको छ ।
रिकभर गरिएको सीसीटीभी फुटेज हेरेको समितिले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको यथेष्ट प्रमाण नभेटिएको प्रारम्भिक निष्कर्ष...
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन समितिले सीसीटिभी फुटेजको अनुसन्धान सम्बन्धि नेपाल प्रहरीको प्रतिवेदनमाथि अध्ययन सुरु गरेको छ । नेपाल प्रहरीको एक निकायले सीसीटिभी फुटेजको हार्डडिस्क लगेर अनुसन्धान गरी त्यसको प्रतिवेदन साेमबार समितिलाई दिएको थियाे । छानबिन समितिले आज (मंगलबार) साेही प्रतिवेदन खोलेर अध्ययन गर्न थालेको छ । तर प्रहरी प्रतिवेदन अध्ययनमा […]
नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुजेटसम्बन्धी प्रतिवेदन बुझाएको छ। अर्थ मन्त्रालयले बजेट तर्जुमाको दिनको फुटेज डिलिट भइसकेको भन्दै समितिलाई रेकर्डिङ सिष्टम नै बुझाएको थियो। उक्त डिभाइस रिकभरका लागि समितिले साउन ४ गते ल्याबमा पठाएको थियो। समिति सचिव सुरेन्द्र अर्यालले उक्त प्रतिवेदन प्राप्त भएको बताउनुभयो। सिलबन्दी रूपमा प्राप्त प्रतिवेदन मङ्गलबार बिहान बस्ने समिति बैठकमा खोलिनेछ। राजनीतिक नेतृत्व र कर्मचारीको बयानमा कुनै ठोस तथ्य फेला नपारेको समितिले फुटेजको निष्कर्षमा आधारित भएर थप अनुसन्धान बढाउने तयारीमा छ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानसभाका पूर्वसदस्य तथा अर्थ राजनीतिका विश्लेषक हरि रोक्काको नेतृत्वमा पाँच सदस्यीय विज्ञ समूह गठन गरेका छन् । मुलुकको समग्र आर्थिक अवस्था र विश्व अर्थतन्त्रको कारण नेपालमा पर्ने असर लगायतका विषयमा अध्ययन अनुसन्धान गरी सरकारलाई सुझावसहितको प्रतिवेदन पेस गर्न विज्ञ समूह गठन गरिएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले जानकारी दिए । विज्ञ […]
काठमाडौँ – गत असार १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ प्रकरणमा छानबिन गरी रायसहितको प्रतिवेदन पठाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्यो । तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले असार २८ मा कानुन सहसचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
…
काठमाडौँ । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन् । विभागको समीक्षा गोष्ठीलाई शुक्रवार(आज) सम्बोधन गर्दै उनले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिए । गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा […]