पानी नपर्दा महाभारतका खेतबारी बाझै

यहाँको महाभारत क्षेत्र अन्र्तगतका दर्जनौ स्थानका बारी हालसम्म बाझै रहेका छन्। लामो समयदेखि पानी नपर्दा माघ पहिलो सातामै मकै रोप्नुपर्ने साविकका बिभिन्न गाविसमा हालसम्म मकै रोप्न किसानले पाएका छैनन्।

सम्बन्धित सामग्री

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

पानी नपर्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : यो वर्षको हिउँद महिनामा पानी पर्न नसक्दा सर्लाहीमा सुक्खापन बढ्दै गएको छ। सुक्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ। धुलो, धुवाँको प्रदूषण पनि उत्तिकै छ। पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन्।विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी भेगका बस्ती उजाडिएका छन्। दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट बाँझो छन्। पानीको स्रोत र मुहान सुक्न थालेका छन्। यहाँ गत भदौदेखि पानी पर्न सकेको छैन।यतिखेर इनार, क

उदयपुरका किसानले खडेरीका कारण मकै छर्न पाएनन्

काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् । माघ महिनाको वसन्त पञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरूको हप्तादेखि मकै छर्ने चलन छ । तर, अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा किसानले खडेरीका कारण मकै […]

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।       पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।      वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय शुरू भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हँुदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ । रासस

बरसिम घाँस खेतीबाट मनग्य आम्दानी

दाङ : घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका राममदन चौधरीको मुख्य पेशा कृषि हो। उनले आफ्नो खेतबारी धान, मकै, तोरी, गँहुलगायतको अन्नबाली लगाउँथे। समयमा पानी नपर्दा‚ मल नपाउँदासास्ती भोग्दै आएका थिए। यसरी वर्षभरि दुःख गरेर खेती गर्दा वर्षमा मुस्किलले करिब ३० हजार रुपैयाँ आम्दानी गर्दथे।तर, उनले १० वर्षदेखि धानबाहेक अरु बालीको खेती गर्न छाडे। धानको सिजन सकिने बित्तिकै खेतमा बरसिम घाँस लगाउँछन्। घाँस खेतीबाट एक सिजनमै करिब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको राममदनले बताए।‘मैले १० व

खडेरीले हिउँदे बाली प्रभावित

देउखुरी । लामो समयदेखि पानी नपर्दा दाङका उर्वर भूमि बाँझै रहेका छन् । झन्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरी बताउँछिन् । तोरी बाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरी बताउँछिन् । घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदे खेती गरिँदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि बिस्तारै सुक्न थालेको बताउँछन् । ‘‘जमिन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’’, उनले भने । दाङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५