काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। लोकतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन्। ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौ तले धरहरा ढलेको थियो। धरहरा ढल्दा ६० जनाको जीवन गुमाएका थिए। सयौँ मानिस घाइते भए। काठमाडौं उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लागेको छ। भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा निर्माण गरिएको हो।अब धरह