बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

मोरङ– मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकामा बिहीबार सम्पन्न आठौं नगरसभाका क्रममा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट […]

सम्बन्धित सामग्री

गुणस्तरीय शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै सूर्योदयको बजेट

इलाम : पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० का लागि दिगो विकास र शैक्षिक उन्नयनको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।गुणस्तरीय शिक्षा र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नगरले १ अर्ब ३५ करोड ७९ लाख ९७ हजार रुपैयाँ बराबरकाे कार्यक्रम आज सार्वजनिक गरेको हो।गत असार ९ गतेको नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम समावेश भएको राजपत्र र ऐन नियमावली तथा कार्यविधि प्रदेश १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले सार्वजन

धरानको बजेट १ अर्ब ६८ करोड, अघिल्लाे वर्षभन्दा करिब ३५ करोड कम

शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी वर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।...

लुम्बिनीका ४ उपमहानगरमध्ये कसले कति ल्याए बजेट ?

रुपन्देही । लुम्बिनीका ४ उपमहानगरमध्ये बुटवलले सबैभन्दा ठूलो बजेट ल्याएको छ । रुपन्देहीको बुटवलले २ अर्ब ३५ करोड, दाङको घोराहीले २ अर्ब ३२ करोड, तुलसीपुरले १ अर्ब ८६ करोड, बाँकेको नेपालगन्ज उपमहानगरले १ अर्ब ६३ करोडको बजेट ल्याएका छन् । बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ […]

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम

मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ ।

मोरङका १७ स्थानीय तहलाई ८ अर्ब २७ करोड बजेट

विराटनगर (अस) । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मोरङका १७ स्थानीय तहलाई ८ अर्ब २७ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जसमा समानीकरण अनुदानमार्फत ३ अर्ब १ करोड ५२ लाख, सशर्त अनुदानमार्फत ४ अर्ब ८६ करोड ९३ लाख, विशेष अनुदान मार्फत १८ करोड ४८ लाख र समपूरक अनुदानमार्फत २० करोड ६५ लाख रुपैयाँ छ । जिल्लाका विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । महानगरले पाएको यो बजेट चालू आर्थिक वर्षको भन्दा २ करोड बढी हो । विराटनगरले आगामी वर्षका लागि विशेष अनुदानमार्फत ४ करोड, सशर्त ७२ करोड १७ लाख र समानीकरण अनुदानमार्फत ४५ लाख ६८ हजार पाउने भएको छ । मोरङका आठ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउने नगरपालिका सुन्दरहरैंचा नगरपालिका हो । उक्त नगरपालिकाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । सबैभन्दा कम अनुदान पाउने नगरपालिका भने लेटाङ हो । लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख विनियोजन गरिएको छ ।  यसैगरी उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ । यस्तै आठओटा गाउँपालिका रहेको मोरङमा सबैभन्दा बढी बजेट बूढीगंगा गाउँपालिकाले ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख बजेट पाएको छ । यसैगरी कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख बजेट पाएका छन् ।

निजगढ विमानस्थल : ८ अर्ब विनियोजन, खर्च भने १ अर्ब ११ करोड मात्रै

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हालसम्म  १ अर्ब ११ करोड बजेट मात्रै खर्च भएको छ । सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ८ अर्ब ३५ करोड बजेट विनियोजन गरे पनि आयोजना कार्यालयले भने १ अर्ब ११ करोड बजेट मात्रै खर्च गरेको हो । ‘सरकारले छुट्याएको बजेटले काम गर्न सकेको भए धेरै काम हुन्थ्यो तर खर्च गर्नलाई सरकारको माथिल्लो तहबाट निर्णय हुनुपर्‍यो’ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका निमित्त प्रमुख विजय यादवले भने ‘२०७१/०७२ द

मोरङका १७ स्थानीय तहको बजेट १२ अर्ब ३० करोड

विराटनगर । आन्तरिक किचलोको कारण अघिल्ला आर्थिक वर्षहरूमा समयमै बजेट ल्याउन नसकेका मोरङका १७ स्थानीय तहले यसपटक समयमै (असार १० गतेभित्र) ल्याएका छन् । आगामी आव २०७८/२०७९ का लागि एक महानगर आठ नगर र आठ गाउँपालिकाले नगर/गाउँसभामा १२ अर्ब ३० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।     कतिपय स्थानीय तहले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेश गरिसकेका थिए । जिल्लामा विराटनगर महानगरपालिकाले जिल्लामा सबैभन्दा बढी रू. ४ अर्ब १० करोड ३ लाख र ग्रामथान गाउँपालिकाले सबैभन्दा कम ४४ करोड रुपैयाँको बजेट ल्याएका छन् । यसैगरी सुन्दरहरैचा नगरपालिकाले २ अर्ब १५ करोड १२ लाख, बेलबारी नगरपालिकाले १ अर्ब ३५ करोड ७० लाख, पथरीशनिश्चरे नगरपालिकाले ९५ करोड ६६ लाख, लेटाङ नगरपालिकाले ९० करोड ८६ लाख, उर्लाबारी नगरपालिकाले ८५ करोड ७४ लाख, रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख,  रतुवामाई नगरपालिकाले ६७ करोड ४५ लाख र सुनवर्षी नगरपालिकाले ५८ करोड ५३ लाख रुपैयाँको बजेट पेश गरेका छन् । एक महानगर र आठ नगरपालिकाले आगामी आवका लागि ७ अर्ब ६१ करोड ८ लाख रुपैयाँको बजेट ल्याएका छन् । त्यसैगरी आठ गाउँपालिकाकाले ४ अर्ब ६९ करोड ८२ लाख रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।   गाउँपालिका अन्तर्गत केराबारी गाउँपालिकाले ८० करोड ८९ लाख, कानेपोखरीले ७६ करोड ९७ लाख, मक्लिाजुङ गाउँपालकिाले ७० करोड ७१ लाख, बुढीगंगाले ५६ करोड ३२ लाख, धनपालथान गाउँपालिकाले ४८ करोड १५ लाख, जहदाले ४७ करोड ७५ लाख, कटहरीले ४४ करोड ९९ लाख र ग्रामथानले ४४ करोड २ लाख रुपैयाँ बजेट ल्याएका छन् । यसपटक प्रदेश १ सरकारले पनि असार १ गते नै प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन्, जुन अहिले प्रदेशसभामा छलफलको क्रममा छ । आर्थिक विधेयक पारित भएको अवस्थामा आइतवार हुने प्रदेशसभाको बैठकमा बजेट पनि पारित हुनेछ ।

पर्यटन बोर्डको बजेट १ अर्ब ३७ करोड - Naya Patrika

अच्युत पुरी/नयाँ पत्रिका चालू आर्थिक वर्ष ०७४/७५ का लागि नेपाल पर्यटन बोर्डले १ अर्ब ३७ करोड रुपैयाँको बजेट तयार पारेको छ । यो अघिल्लो आवभन्दा ३५ करोड रुपैयाँ बढी हो...पूरा पढ्नुहोस् »

घोराही उपमहानगरपालिकाको बजेट १ अर्ब ३५ करोड, सडकलाई ३३ करोड

दाङ : घोराही उपमहानगरपालिकाले आर्थिक  वर्ष २०७४/०७५ को लागि १ अर्ब ३५ करोड ८० लाख २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। शुक्रबार उपमहानगरपालिका उपप्रमुख सीता न्यौपानेले बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ ५५ करोड ८९ लाख २० हजार र पूँजीगततर्फ ७९ करोड ९१ लाख ५ हजारको योजना तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। उपमहानग...