अफगानिस्तानमा शक्तिशाली भूकम्प आएको छ । दक्षिणी अफगानिस्तानमा आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १३० जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्पमा परी १५० भन्दा बढी घाइते भएका छन् । भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का […]