काठमाण्डौ – प्रतिनिधि सभा बैठकले तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको आज बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रिय सभाको सन्देशसहितको शपथसम्बन्धी विधेयक २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाइ विधेयक २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।
प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ । अहिले काठमाण्डौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन)...