महामारीको समयमा भएको चार्टर्ड उडानको बक्यौता उठाउन ताकेता

काठमाडौँ – संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम उठाउने कार्य योजना पेश गर्न निर्देशन दिएको छ। समितिका सदस्य दिव्यमणि राजभण्डारीको संयोजकत्वमा गठित ‘नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमिति’ले निगमका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलगायतका पदाधिकारीहरुसँग छलफल गरेर निर्देशन दिएको हो। गत वर्ष माघ १० गतेसम्मको आँकडाअनुसार निगमले स्वदेशी तथा […]

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल : अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् । ७ महीना सञ्चालन भएको यो विमानस्थलबाट मङ्सिर २९ गतेबाट हिमालय र पुस ६ गतेबाट जजिराले उडान बन्द गरेका हुन् । त्यसयता उक्त विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘आन्तरिक उडानबाट वार्षिक ३५ करोड रुपैयाँसम्म आम्दानी हुन्छ,’ दाहालले भने, ‘यसले सामान्य खर्च व्यवस्थापन भए पनि विदेशी ऋणको साँवा/ब्याज तिर्न गाह्रो हुने देखिन्छ ।’ उनका अनुसार अहिले साँवा र ब्याज गरेर वार्षिक ४० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण संरचनाअनुसार यो विमानस्थलमा लिइएको ऋणको साँवाब्याज ६/६ महीनामा भुक्तानी गर्नुपर्छ, जसअनुसार यो विमानस्थलले अन्तरराष्ट्रिय उडानबाट मात्रै आम्दानी गरेर मासिक ३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आएको पहिलो वर्ष दैनिक एउटा अन्तरराष्ट्रिय उडान हुने प्रक्षेपण गरिएको उनको भनाइ छ । यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी), ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सहितका विकास साझेदार संस्थाको लगानी छ । तराईका विमानस्थलमा हिउँदको समयमा मौसम प्रतिकूल हुँदा बिहानपखको उडानमा ढिलाइ हुने समस्या पुरानै भए पनि यो विमानस्थलमा मौसमकै कारण उडान/अवतरणमा समस्या नहुने अर्थात् कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने प्रविधि जडान गरिएको छ । कम भिजिबिलिटी (८०० देखि ९०० मीटर)मा पनि जहाज अवतरण हुन सक्ने आईएलएफ (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) प्रविधि जडान भए पनि सुचारु हुन भने सकेको छैन । विमानस्थल सञ्चालनमा आएको ७ महीना र अहिले बन्द भएको १ महीना गरी ८ महीना हुँदासम्म भारतले आईएलएफ सुचारु गर्ने अनुमति नदिएको दाहालको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मुलुकका विमानस्थलहरूमा जहाज अवतरण हुनका लागि भिजिबिलिटी १६ सय मीटर र २ हजार मीटरसम्म हुनुपर्छ । २ खाले इन्जिन भएका जहाज अवतरणका लागि छुट्टाछुट्टै भिजिबिलिटी हुनुपर्छ । जेट इन्जिन भएका विमानका लागि भिजिबिलिटी २ हजार मीटर आवश्यक हुन्छ । प्रोपेलर इन्जिन भएका विमानका लागि भने १६ सय मीटर भिजिबिलिटी चाहिन्छ । दाहालका अनुसार मौसम प्रतिकूलता र यात्रु कम हुँदा विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । गौतमबुद्धबाट मलेशियाको क्वालालम्पुरसम्म चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने यात्रु नै नहुँदा अन्तरराष्ट्रिय उडान बन्द गरिएको बताए । यात्रु पर्याप्त भएमा उडानमा समस्या नभएको उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आएसँगै श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, स्वास्थ्य जाँचजस्ता एकाइहरू पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुहरू काठमाडौं गएर पुनः गौतमबुद्धमा आउनुपर्ने बाध्यता रहेको दाहालको भनाइ छ । ‘मुख्य समस्या अहिले भिसा सेन्टर, मेनपावर, स्वास्थ्य परीक्षणको हो,’ दाहालले भने, ‘यो आन्तरिक समस्या भयो, अर्को प्रमुख पक्ष भनेको हवाई रूटकै हो ।’ सीधा हवाई रूट उपलब्ध नहुँदा सिमरा पुगेर गौतमबुद्ध विमानस्थलमा जहाज आउँदा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा १५ मिनेट टाढा पर्छ ।’ यसैगरी भारतीय नागरिकहरूले सीधा यो विमानस्थलमा आएर अहिले पनि उडान गर्न पाउँदैनन् । भारत सरकारले आफ्ना नागरिकलाई यो विमानस्थलबाट अन्य विदेशी गन्तव्यमा जानका लागि चाहिने अनुमति नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिएको छैन, जसले गर्दा भारतीय यात्रु यो विमानस्थलबाट उडान गर्न नमिल्ने उनको भनाइ छ । पश्चिम नेपालबाट विदेश यात्रा गर्ने तथा वैदेशिक रोजगारीका लागि जाने यात्रु पनि यहाँबाट बाहिर नजाँदा र सीमावर्ती क्षेत्रका भारतीय यात्रुले यो विमानस्थल प्रयोग गर्न नमिलेपछि यात्रु संख्या कम भएको उल्लेख गरिएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भएयता नोभेम्बर अर्थात् मध्य मङ्सिरसम्ममा २५ हजार ४८१ जना यात्रुले सेवा लिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार २ सय १९ पटक जहाज उडान/अवतरण (फ्लाइट मुभमेन्ट) हुँदा ती यात्रुले सेवा लिएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल तराईमा पर्ने र मौसम खराबीकै कारण उडान बन्द भएको बताए । यद्यपि फेब्रुअरी २ देखि जजिराले उडान सञ्चालन गर्ने उनको भनाइ छ । यस्तै मार्च सकिएपछि ‘समर सेड्युल’ लागू हुने भन्दै उनले यो सेड्युलमा नेपाल वायुसेवा निगमसहित हिमालय, कतार एयरवेज, फ्लाई दुबईले उडान गर्ने विश्वास व्यक्त गरे ।

भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान सुरु, विमानको चाप बढ्दै जाने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यत्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ । …

हिमालय एयरलाइन्सद्वारा भैरहवाबाट चार्टर्ड उडान सुरु

भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यात्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ […]

क्याथे प्यासिफिक एयरवेजको हङ्कङ–काठमाडौँ उडान असोजदेखि

हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए  । उनले भने, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।” क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौँ–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्र्यागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङ्कङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडाँै–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हङ्कङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दैआएका छन् । आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो ।

तीन एयरलाइन्सले चार्टर्ड उडानमा चर्को भाडा असुले

चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले […]

युएईबाट नेपाल उड्ने भनिएको जहाज अन्तिम समयमा रद्द, गल्ती दोहोर्‍याउँदै दूतावास

काठमाडौँ: संयुक्त अरब इमिरेट्स् (युएई) बाट मंगलबारका लागि तय भएको उडान अन्तिम समयमा रद्द भएको छ। आबुधाबीस्थित नेपाली दूतावासले मंगलबार र बिहीबारका लागि तय भएको चार्टर्ड उडान रद्द भएको औपचारिक जानकारी दिएको हो। कोरोना महामारीपछि नेपाल जान चाहनेहरुलाई फाराम भर्न लगाएर दूतावासले पहिलो उडानमा नेपाल जानेहरुको संख्यासेत तोकिसकेको थियो।