भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उनले भने, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।” मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार