शैक्षिक विकासका लागि २२ करोड लगानी गर्दै गण्डकी सरकार

पर्वत : प्रदेशभित्रका विद्यालयको सुधार र तथा गुणस्तरमा वृद्धि गर्न गण्डकी प्रदेश सरकारले झण्डै २२ करोड रुपैयाँ लगानी गर्न लागेको छ।चालु आर्थिक वर्षमा गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि कुल २२ करोड रुपैयाँ खर्च गर्न लागिएको हो। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरका अनुसार विनियोजित बजेटमध्ये झण्डै नौ करोड खर्च गर्ने गरी प्रदेशका विद्यालयको विकासका लागि विभिन्न आठओटा शीर्षकमा तत्कालै काम थालिएको छ।‘प्र