आइतवारदेखि स्थानीयको लागि आईपीओ निष्कासन गर्दै बिन्ध्बासिनी हाइड्रोपावर

वैशाख ९, काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतवार वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । स्थानीयले यो आईपीओ खरीदका लागि छिटोमा बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरीदका लागि सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ ।  जारी पूँजी रू. १ अर्ब रहेको कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत शेयर विक्री गर्ने तयारी कम्पनीको छ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू। ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण लागत रू १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ निष्कासन गर्दै, ११ असोजदेखि आवेदन दिन सकिने

बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ असोजदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]