काठमाडाैँ- तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस-७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो। दुर्घटनामा सोही स्थानका ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार […]