बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

बझाङ - बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे ज्यान गएकाे हाे । उनीहरुकाे घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।  झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   

सम्बन्धित सामग्री

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डाै - डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयकाअनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निश...

जडांगामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बाजुरा हुँदै साँफे मार्तडी राजमार्गमा पर्ने जडांगानजिकै आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बडीमालिका नगरपालिका– ६ जडांगा घर भएका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको...

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई […]

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।...

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२४ असार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । […]

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ – रुकुम (पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जानकारी […]

ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एकजनाको मृत्यु

धनगढी– डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा गजेडाबाट चौखुट्टे जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक कैलाली गौरीगङ्गा नगरपालिका–३ का २४ वर्षीय ज्ञानेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक अछामको चौरपाटी गाउँपालिका–३ का […]

ट्र्याक्टर दुर्घटना हुँदा इलाममा १ जनाको मृत्यु

इलाम : इलामको माईजोगमाई गाउFपालिका–२ घारेगाउँमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।नयाँबजारबाट जोगमाई जाने क्रममा मे १ त ६८९० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोयाङ सिरिसेकी अन्दाजी ६५ वर्षीया मनमाया राईको मृत्यु भएको हो।ट्र्याक्टर बाटोबाट करिब २० मिटर तल खसेको वडा सदस्य राजकुमार राईले जानकारी दिए। मृतक माइत जाने क्रममा ट्र्याक्टरमा चढेकी थिइन्।

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

संखुवासभाको पाँचखपन नगरपालिका– ३ वानामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  ट्र्याक्टरका सहचालक पाँचखपन नगरपालिका– ६ घर भएका २२ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी...