सुर्खेत । सुर्खेत विमानस्थलको बिस्तार गर्ने भनेर पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले सोच बनाए पनि जीवनबहादुर शाही नेतृत्वको सरकारले भने विमानस्थल विस्तार गर्ने ‘च्याप्टर क्लोज’ गरिदिएको छ । आइतबार वीरेन्द्रनगरमा गरिएको एक छलफल कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेको विमानस्थललाई विस्तार गर्नुभन्दा अन्य विकल्प खोजिनुपर्ने अभिव्यक्ति दिए । विमानस्थल पुनः बिस्तार सम्बन्धमा भएको विवादका कारण नागरिकले दुःख पाएको बताउँदै मुख्यमन्त्री शाहीले भने,‘ज