काठमाण्डौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरीत क्रियाकलाप गरेको उल्लेख गरिएको छ ।पार्टीले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यको सनाखतका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दललाई नै खारेज गर्न रिटमा माग गरिएको छ । गएको ...