एजेन्सी । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले पुष्टि गरे । उनले घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र छ घाइतेको स्वास्थ्य