नलगाड नगरपालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर हुन १० वटा बालीलाई प्राथमिकता दिएको छ । नगरपालिकाले १, २ र ४ नम्बर वडालाई मौरीपालन, ३ नम्बर वडालाई सुन्तला, ९, १० र ११ वडालाई लसुन र ७ र ८ नम्बर वडालाई धानको पकेट क्षेत्र बनाएको छ । त्यस्तै ५ नम्बर वडालाई मकै, वडा नं. ३ र ६ लाई आलु, १३ नम्बर वडालाई फलफूल तथा २, ४, ५, ७ र ८ वडामा तरकारी खेतीमा प्राथमिकता दिएको छ ।