आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने, पर्सिदेखि मौसममा सुधार आउने

काठमाण्डाै - आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । मौसमविद् मञ्जु बासीकाअनुसार यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ । यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि यही मात्रै कारण मान्न नमिल्ने मौसमविद्को भनाइ छ । प्रि-मनसुनको जस्तो अहिले चट्याङ्ग पर्नुको कारणबारे अध्ययन हु...