पोखरा महानगरपालिकालाई २०५४ को स्थानीय निर्वाचनपछि एमालेको गढको रुपमा चिनिन्थ्यो । २०५४ पछिको स्थानीय निर्वाचनमा एमालेले पोखरामा आफ्नो विजयको झण्डा फहराउँदै आएको थियो । तर यसपटकको निर्वाचनमा पोखरा महानगरको निर्वाचनमा एमालेको अवस्था पुरानो मत परिणाम भन्दा साह्रै कमजोर देखिएको छ । नेकपा(एमाले) विभाजनका बाछिटाहरुले पोखरा महानगरपालिकालाई राम्रो असर गरेको देखियो ।पार्टी विभाजन पनि रक्षात्मक अवस्थामा रहेको एमालेलाई महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनको विवादले झन कमजोर बनायो । नेकपा (एमाले)को तर