साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायांकन अगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।फिल्मको छायांकन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक बिषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।फिल्ममा जीतु र साम्रा