लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । स्टेसनबाट परीक्षण उत्पादन सफल भएसँगै स्टेसन सञ्चालन भएको हो । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो । निर्माण पूरा भए पनि कोरोना संक्रमणका कारण रोकिएको चार्जिङ स्टेसन चार जापानी प्राविधिकले एक महिनासम्म निरन्तर काम गरेर सञ्चालनमा ल्याएका हुन् ।