साझा यातायातले हालै एसियाली विकास बैंकको सहकार्यमा दुई वटा यात्रुवाहक विद्युतीय बस भित्र्यायो। यसअघि राष्ट्रपति विद्या देवी भण्डारी तथा सिंहदरबार भित्र केही मन्त्रीहरूले विद्युतीय सवारी चढ्न थालेका छन्। वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा भित्रिएका विद्युतीय सवारीलाई लक्षित गरी निर्माण गरिएका चार्जिङ स्टेसन भने प्रयोग विहिन बन्दै गइरहेका छन्।