रमेश क्षत्री, पोखरा/हाल सिसेल्स ।
नेपालीमा चाडबाड नजिकिँदै छ । पहिले पहिले चाडबाड आउँदा गाउँ जानेहरूको लर्को हुन्थ्यो । तर अहिले त गाउँ छाड्नेहरूको सङ्ख्या ठुलो छ ।
गाउँघर सुनसान छ । भिडभाड त देश छाड्नेहरूको छ विमानस्थलमा ।
हुन त आफू पनि परदेशमै छु । तर देश दिनदिनै रित्तिएको देख्दा मन भारी भएर आउँछ । खै हाम्रो देशले काँचुली कहिले फेर्ला ?
परदेसिएकाहरु कहिले आफ्नो देश फर्केलान् र डाँडामाथिका घाम जुन भएका बाउआमाले आफ्नो सन्तानको काख कहिले पाउलान् ।
हामी परदेशी देश फर्किने दिन कुरिरहेका छौँ । हरे...