खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । यस कृतिमा घिमिरेले परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् । सो क्रममा उनले नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी दिएका छन् । नेपाली चाडपर्वहरू दशैँ, दीपावली, चैते–दशैँ, माघे सङ्क्रान्ति, पन्ध्र पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजामा बनाइने परम्परागत घरेलु परिकारले मौसम अनुरूप मानव स्वास्थ्य प्रवद्र्धनम