‘रैथानेका चाडबाड र खानपान’ विमोचन

खाद्यविद् नारायण घिमिरेको ‘रैथानै चाडबाड र खानपान’ पुस्तक सार्वजनिक भएको छ। शिखा बुक्सले यो पुस्तक बजारमा ल्याएको हो।...

सम्बन्धित सामग्री

कास्कीका घरबासमा पर्यटक खचाखच, 'रैथाने संस्कृति र खानपानले लोभ्यायो'

गण्डकी । कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौं पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउँछन् । ‘अहिले दैनिक १५ सयदेखि १७ सयसम्म पर्यटक घान्द्रुक आइरहेका छन्, जसमा आन्तरिक पर्यटक नै बढी छन्,’ उनी भन्छन्, ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने विदेशी पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ ।’ अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास छन् । रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ । सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।  हिमालको काखमा पहाडेशैलीका लहरै घर । ग्रामीण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार घान्द्रुकमा पर्यटक लोभ्याउने वस्तु हुन् । असोज–कात्तिक नेपालको मुख्य पर्यटकीय याम हो । यहीबेला ठूला चाडबाड पर्ने भएकाले मानिस घुम्ने योजना बनाइरहेका हुन्छन् । घान्द्रुकजस्ता छोटो दूरीका गन्तव्यमा पर्यटकीय चहलपहल बढी हुन्छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रूपमा देशविदेशमा परिचित छ ।  बर्सेनि हजारौं पर्यटकले यहाँ पाइला टेक्छन् । यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्द्रुकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक घान्द्रुक आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् ।   अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रूपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै त्यहाँ पुग्न सकिन्छ ।  कास्कीकै माछापुच्छ्रे गाउँपालिका–८ स्थित घरबास गाउँ ल्वाङमा पनि दशैंपछि पर्यटकको चहलपहल बाक्लिएको छ । ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङका अनुसार त्यहाँका २६ घरमा घरबास सेवा छ ।  ‘यहाँ बढी आउने आन्तरिक पर्यटक नै हो, अहिले पर्यटकीय याम चलिरहेकाले विदेशी पाहुना पनि आइरहेका छन्,’ उनी भन्छन्, ‘दशैंपछि पर्यटकको आगमन राम्रो छ, घरबासका कोठा खाली राख्नुपर्ने अवस्था छैन ।’ पोखरादेखि नजिकको गन्तव्य भएकाले पनि ल्वाङ गाउँ पर्यटकको सहज पहुँचमा छ । प्रकृति र संस्कृतिमा रमाउनेका लागि सो गाउँ उपयुक्त मानिन्छ । गुजमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गे छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । ससाना गल्ली, गल्छेंडा र तगारा आदि ल्वाङ गाउँका आकर्षण हुन् । ‘ल्वाङको गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पर्यटकलाई लोभ्याउने गरेको छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।’ विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । एकै रातमा चार सय जनासम्म पाहुना राख्ने क्षमता घरबासमा छ । कुनै पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ ।  समुद्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशविदेशका अध्येता र अनुसन्धानकर्मीसमेत ल्वाङ पुग्ने गरेका छन् । बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कारसहित रैथाने खानाको स्वाद चखाउने गरिएको घरबास सञ्चालक बताउँछन् । इच्छुक पर्यटकलाई करेसाबारीमा खेती गर्ने र भान्छामा परिकार बनाउने विधि पनि सिकाउने गरिएको उनीहरूको भनाइ छ । निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँ अन्नपूर्ण आधार शिविर र मर्दी आधार शिविरको पदयात्रामा जाने पर्यटककोसमेत रोजाइमा पर्ने गरेको छ । पर्यटक गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न घरबासलाई रोज्छन् । पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेंडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।  घान्द्रुक र ल्वाङ गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्छन् । आयोजना प्रमुख डा. रबिन कडरिया ‘एक्याप’भित्रका कैयन स्थानमा घरबास सञ्चालनमा रहेको बताउँछन् । ‘घरबास खुलेपछि विशेष गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ, अन्नपूर्ण क्षेत्रको पदयात्रा गर्ने पर्यटकका लागि पनि घरबासले धेरै सहज बनाएको छ,’ उनी भन्छन्, ‘घान्द्रुक, ल्वाङ, सिक्लेस, भुजुङलगायत गाउँमा घरबास सेवा छ ।’ रासस

चाडपर्वमा खानपान सिकाउने पुस्तक

नारायण घिमिरे प्राकृतिक चिकित्सा विज्ञान र हिलिङ फुड निर्माणका क्षेत्रमा दशकौंदेखि लागिपरेका व्यक्ति हुन्। लेखक घिमिरेको भर्खरै ‘रैथाने चाडबाड र खानपान’ नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ।...

वैज्ञानिक घिमिरेको रैथाने चाडबाड र खानपान पुस्तक बजारमा

नारायण घिमिरे क्यानडामा कार्यरत खाद्य तथा औषधि विज्ञ हुन् । उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा आधारित प्रयोगात्मक अनुसन्धानमा संलग्न छन्। उनको नेपाल केन्द्रित अध्ययन भने मूलतः नेपालका परम्परागत वैदिक ज्ञान, परम्परागत संस्कृति, स्थानीय जडीबुटीमा आधारित रोग लाग्न नदिने खाना र स्थानीय जडीबुटीको सार तत्त्वमा आधारित रोग निको पार्ने औषधि विषयमा […]

घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ बजारमा

खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । यस कृतिमा घिमिरेले परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका छन् । सो क्रममा उनले नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी दिएका छन् । नेपाली चाडपर्वहरू दशैँ, दीपावली, चैते–दशैँ, माघे सङ्क्रान्ति, पन्ध्र पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजामा बनाइने परम्परागत घरेलु परिकारले मौसम अनुरूप मानव स्वास्थ्य प्रवद्र्धनम

बागलुङमा भदौरे जात्राको रौनक

शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ।जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ ।रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाहरूको संस्था &