काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् । अधिवक्ता समेत रहेका उनले ‘नयाँ भिजन, मिसन र एक्सनसहितको युवा पुस्ता, विज्ञान–प्रविधियुक्त सामाजिक व्यवस्था’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। उनले […]

सम्बन्धित सामग्री

घनश्यामको क्षेत्रमा दलका भन्दा धेरै स्वतन्त्र उम्मेदवार

हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी नेता भुसालको क्षेत्रमा ९ दलले उम्मेदवारी दर्ता गरेका छन्  भने स्वतन्त्र रूपमा भुसालसहित १२ जना रहेका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले चुनाव जितका थिए । अहिले पूर्व एमाले

रौतहटमा २०७ जनाको उम्मेदवारी दर्ता

रौतहट : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रौतहटका ४ वटा निर्वाचन क्षेत्रमा कुल २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।रौतहटमा ४ जना प्रतिनिधिसभा सदस्यका लागि ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ८ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा १४१ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।उम्मेदवारी दर्ता गराउने धेरै स्वतन्त्र उम्मेदवार रहेको छ। रौतहटको क्षेत्र नं. १ मा यसपटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्र

चितवन २ मा स्वतन्त्र उम्मेदवार देविका कुँवरको उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ मा देविका कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सामाजिक अभियान्ताको रुपमा सरसफाइको क्षेत्रमा कार्यरत उनले प्रतिनिधिसभा सदस्यको लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र...

काठमाडौं-२ मा प्रकाश अधिकारीको स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।...

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौँ- स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।  युवाहरू माझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।  पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी […]

विराटनगरमा ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ । मेयर तथा उपमेयर पदमा भने कसैले पनि उम्मेदवारी दर्ता गराइसकेका छैनन् । हालसम्म वडा नम्बर ९ मा नेपाल सद्भावनाका किशोरकुमार सलवारले उम्मेदवारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेदवार फूल महतले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन

काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिका मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनी स्वतन्त्र उम्मेदवार हुन्।  निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहि समयअघि उम्मेदवारी दर्ता गराएका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनको...

काठमाडौं महानगरको मेयरमा आनन्दराज जोशीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। जोशीले राष्ट्रिय यथार्थवादी पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै, काठमाडौं महानगरपालिका १६ काे वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शान्जे गुरुङले पहिलो उम्मेदवारी दर्ता गराएका छन्।